अमेरिकाले रुसी विमानलाई प्रतिबन्ध लगायो


     एभरेस्ट आवाज    
     फागुन १९ गते २०७८ मा प्रकाशित




अमेरिकी राष्ट्रपति जो बाइडेनले संसदलाई सम्बोधन गर्दै सबै रुसी उडानहरूले अब अमेरिकी हवाई क्षेत्र प्रयोग गर्न नपाउने बताएका छन्।

आफ्नो सम्बोधनका क्रममा उनले यी रुसी उडानहरूमा सबै प्रकारका व्यावसायिक र निजी उडानहरू समावेश गरिएको बताए।

युरोपेली राष्ट्रहरू र क्यानडाले पनि रुसका उडानमा प्रतिबन्ध लगाइसेका छन्। बाइडेनले प्रतिबन्धले रुसलाई अझ एक्लो बनाउने र अर्थतन्त्रमा ठूलो दबाब पर्ने बताए।

उनले रुसी मुद्रा रुबल र स्टक बजारले आफ्नो भ्याल्यू ३०÷४० प्रतिशत गुमाइसकेको पनि औंल्याए। राष्ट्रपति बाडेनले अमेरिकीहरूलाई युक्रेनी जनताबाट प्रेरणा लिन पनि आग्रह गरे।

‘पुटिनले पक्कै पनि किभलाई ट्याङ्कले घेरेर बस्न सक्छन्, तर उनले युक्रेनी जनताको मन कहिल्यै जित्ने छैनन्,’ उनले भनेका छन्।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।