युक्रेनकै ठूलो पारमाणविक भट्टी क्षेत्र रुसी नियन्त्रणमा !


     एभरेस्ट आवाज    
     फागुन १९ गते २०७८ मा प्रकाशित




रुसले युक्रेनकै सबैभन्दा ठूलो पारमाणविक भट्टी वरपरको क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ।

रुसले विश्वको पारमाणविक पहरेदार निकायलाई दक्षिणी युक्रेनको निएपर नदी नजिकको जापोरिझझिया सहरस्थितको क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको हो।

रुसकाअनुसार उक्त भट्टीका कर्मचारीहरू आफ्नो कार्य सामान्य ढंगले संचालन गरिरहेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले जनाएको छ।

तर, युक्रेनको पारमाणविक संचालकले भने आफ्नो मुलुकका सम्पूर्ण ऊर्जा भट्टीसँग सम्पर्क रहेको र सबै स्थानमा नियमित कार्य जारी रहेको जानकारी दिएको छ।

आइएइएकाअनुसार युक्रेनका १५ वटा पारमाणविक ऊर्जा भट्टीमध्ये ६ वटा भट्टी जापोरिझझिया प्लान्टमा रहेका छन्। जापोरिझझिया प्लान्ट रहेको एनरगोदार सहर नजिकका सडकहरूमा स्थानीय वासिन्दाहरूले अवरोध सिर्जना गरिरहेको खबर प्राप्त भएको छ।

यसैबीच युक्रेनको पारमाणविक निकायहरूले रुसी फौजले कब्जा गरिसकेको उत्तरी युक्रेनस्थित चेर्नोबिल पारमाणविक भट्टी क्षेत्रको सुरक्षित क्रियाकलापका लागि समन्वय गरी मद्दत गरिदिन आइएइएलाई अनुरोध गरेका छन्।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।