इङ्लिस क्लबका मालिक रोमनले चेल्सी बेच्दै


     एभरेस्ट आवाज    
     फागुन १९ गते २०७८ मा प्रकाशित




प्रिमियर लिग क्लब चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले क्लब बेच्ने भएका छन्।

रोमनले बुधबार एक विज्ञप्ति निकाल्दै आफूले चेल्सी बेच्ने निर्णय गरेको बताएका छन्। लण्डन क्लबका मालिक रोमनले क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको जनाएका छन्।

रोमनले २००४ मा चेल्सी किनेका थिए। तर, हालै उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ।

उनी ईन्भेष्टर भिसामा बेलायत बस्दै आएका थिए। उनको भिषा अवधि सकिएको छ। युक्रेनमाथि रुसले आक्रमण थालेपछि बेलायतले रुसी नागरिकलाई भिषा दिन आनाकानी गरिरहेको छ। त्यही कारण रोमनले बेलायतमा बस्ने अनुमति नपाएको बताइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।