पराजुली कुल समाजमा नवराज


     एभरेस्ट आवाज    
     फागुन १९ गते २०७८ मा प्रकाशित




लमजुङ । पराजुली कुल समाज लमजुङ – ५ मध्यनेपालको अध्यक्षमा नवराज पराजुली चयन भएका छन् ।

समाजको पराजुलीबेंसीमा हालै सम्पन्न भएको भेलाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको नवनिर्वाचित अध्यक्ष पराजुलीले जानकारी दिए ।

समाजको उपाध्यक्षमा शारदा विनोद पराजुली , सचिवमा धर्मशाली पराजुली र कोषाध्यक्षमा ललिता पराजुली चयन भएका छन् । यस्तै समाजको सदस्यहरुमा विष्णुराज पराजुली, जयविलास पराजुली, रुकमणी पराजुली, विष्णु पराजुली र दिपक पराजुली चयन भएका हुन् ।

समाजका सदस्य विष्णुराज पराजुलीले कुल मन्दिर निर्माणका लागि जग्गा दिने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै समाजले छरिएर रहेका बन्धुहरुलाई समाजमा आवद्ध हुन आह्वान गर्ने निर्णय गरेको जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।