पोखरा । रुस–युक्रेनबीच तनाव शान्तिपूर्ण ढंगले समाधान गराउन समाजवादी विद्यार्थी युनियन कास्कीले पहल माग गर्दै मानवअधिकार चोकमा शान्ति प्रदर्शन गरेको छ । पोखरा मानवअधिकार चोकमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा, प्रर्दशनकारीले युद्धले समस्या समाधान नहुने बताए ।
प्रर्दशनमा समाजवादी विद्यार्थी युनियन कास्की जिल्ला अध्यक्ष आस्था नेपालीले युद्ध छोडेर शान्तिको पक्षमा उभिनुपर्ने बताइन् । उनले शान्तिले मात्र समस्या समाधान गर्न सकिने भनाइ राखिन् । युद्धले समस्या समाधान हुँदैन हामी विद्यार्थीको जोड र धारणा यहीँ हो उनले भनिन् । साथै उनले युक्रेनमा रहेका नेपालीलाई सरकारले छिटोभन्दा छिटो उद्दार गर्नुपर्ने बताइन् ।
शान्ति कायम हुनुपर्नेमा प्रर्दशनकारीको जोड थियो । प्रदर्शनमा जनता समाजवादी पार्टी गण्डकीका पदाधिकारी, विद्यार्थी नेताहरु सहभागी थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







