म्याग्दी । युद्धग्रस्त मुलुक युक्रेनको राजधानी किएभमा फसेका तीन नेपालीको उद्धार गरी पोल्यान्डमा लगिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सुसन परियारले दिएको जानकारीअनुसार रुस र युक्रेनबीचको युद्धमा चर्किंदै गएपछि युक्रेनको राजधानी किएभमा रहेका युद्ध प्रभावित क्षेत्रबाट म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका अमृत पटेल, मालिका –७ बिमका तिलक सुनार र बेनी –३ भकिम्लीका नारायण पुन रहनुभएको छ । उहाँहरुलाई पोल्यान्डमा रहेका नेपाली सङ्घ संस्थामार्फत उद्धार गरिएको हो ।
अध्यक्ष परियारका अनुसार दिच्यामका पटेल र बिमका सुनार गन्तव्यमा पुगिसकेको भए पनि भकिम्लीका पुन पोल्यान्डको सीमा क्षेत्रमा नै रहेका छन् । पोल्यान्डमा रहेको नेपाली सङ्घसंस्था सीमा क्षेत्रबाट नियमित उद्धारमा खटिएको उनले बताए । पासपोर्टमा भकिम्ली लेखिए पनि पुनले आफू बरञ्जा भएको बताउने गरेकाले उद्धारका क्रममा समस्या भएको उनको भनाइ छ ।
नेपाली कांग्रेस जनसम्पर्क समिति पोल्यान्डका सभापति भीम परियारले उद्धारको क्रम जारी रहेको बताए । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि नेपाली हेल्प डेस्कमार्फत उद्धारमा जुटेका छन् । उद्धार गरिएकालाई सुरक्षित स्थानमा खानपिनसहित स्वास्थ्य चेकजाँचसहितको सुविधा रहेको बताइएको छ ।
युक्रेन छोडेर नेपालीहरु पोल्यान्डबाहेक स्लोभाकिया, हङ्गेरी, रोमानियाम र माल्डावामा समेत पुगेका सभापति परियारले जानकारी दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







