फेन्सिङ खेलाडी काठमाण्डौं प्रस्थान


     एभरेस्ट आवाज    
     फागुन २० गते २०७८ मा प्रकाशित




पोखरा । नेपाल फेन्सीङ संघ तथा वीर गणेशमान सिंह स्पोर्टस् कमिटिको आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता २०७८ मा भाग लिन कास्कीका खेलाडी शुक्रबार काठमाडौ प्रस्थान गरेका छन् ।

खेलाडीहरुलाई विदाई गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले अनुशासित भएर प्रतिस्पर्धामा उत्रिन तथा सिल्ड ल्याउन शुभकामना व्यक्त गरे । गुरुङले खेलाडी र अफिसियल गरि २५ जनालाई फर्किदाँ मनकामनाको दर्शन गरेर आउन मनकामना केबलकारको टिकट व्यवस्थापन गर्ने बताए ।

फेन्सिङ संघ कास्कीका अध्यक्ष बिजय शाही अफिसियलमा, प्रशिक्षकहरु रेखमाया गुरुङ र छवि गुरुङ, रेफ्रि सन्जिव वराल, व्यवस्थापक निसान कार्की र चिजा गुरुङ लगाएत १९ जना खेलाडी सहभागी हुने संघका सल्लाहकार कृष्ण रानाभाटले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।