नेपाली काँग्रेस नवलपुरको जिल्ला सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत चयन भएका छन्।
लामो छलफलपछि जिसी सर्वसम्मत चयन भएका हुन्। सभापतिमा हालका सचिव बालकृष्ण घुमिरे समेत दाबेदार थिए।
घिमिरेले जिसीलाई समर्थन गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको काँग्रेसले जनाएको छ। अरू पदमा पनि सर्वसम्मतको प्रयास भइरहेको छ। काँग्रेसको केन्द्रीय निर्णय अनुसार चुनाव भएको हो।
यसअघि विवादका कारण अधिवेशन रोकिएको थियो। अरू पदमा पनि सर्वसम्मतका लागि प्रयास भइरहेको छ। सर्वसम्मत नभएका पदमा आज मतदान गराइने निर्वाचन समितिले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







