नवनिर्वाचित राष्ट्रिय सभा सदस्यको सपथ आज


     एभरेस्ट आवाज    
     फागुन २१ गते २०७८ मा प्रकाशित




नवनिर्वाचित १९ राष्ट्रिय सभा सदस्यले आज (शनिबार) सपथ खाँदैछन्।

संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा सपथ कार्यक्रम हुने भएको हो।

सपथ ग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको संघीय संसद् सचिवालयले जनाएको छ।

४ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन्। उनीहरुलाई शुक्रबार साँझ एक कार्यक्रम गरी बिदाई गरिएको छ।

नवनिर्वाचित १९ सांसदहरु

प्रदेश १ : जयन्तीदेवी राई, सोनामगेल्जेन शेर्पा, गोपाल बस्नेत
मधेस : उर्मिला अर्याल, मोहम्मद खालिद
बागमती : गोमादेवी तिमल्सिना, कृष्णप्रसाद पौडेल
गण्डकी : कमला पन्त, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर
लुम्बिनी : राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा
कर्णाली : दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा
सुदूरपश्चिम : मदनकुमारी शाह, जगतबहादुर पार्की, नारायणदत्त मिश्र


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।