पोखरा २१ फागुन
पोखरा १६ घुरकुनामा अवस्थित जनता आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षक जीर्ण भवनमा बसेर अध्ययन अध्यापन गराउनु पर्ने बध्यतावाट मुक्त भएका छन् ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय कार्यान्वयन इकाइको आर्थिक तथा प्राविधिक सहयोगमा चार कोठे पक्की भवन निर्माण भएपछि विद्यालयका शिक्षक तथा विद्यार्थीले ढुक्कसँग अध्ययन अध्यापन गर्न पाएका छन् । प्राधिकरणको ८२ लाख १८ हजार रुपैयाँको आर्थिक सहयोगमा नवनिर्मित भवन तथा शौचालयको गण्डकी प्रदेशका सासंद कृष्णबहादुर थापाले उद्घघाटन गरे ।

कार्यक्रममा बोल्दै उनले शैक्षिक गुणस्तर वृद्धि गर्न आधारभूत तह देखि नै शैक्षिक किर्याकलापलाई ससक्त बनाउनु पर्नेमा जोड दिए । सासंद थापाले तत्कालीन नेकपा सरकारले पुर्ननिर्माणको छेत्रमा कायापलट नै गरेको दाबी गरे ।
पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले स्थानीय सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर काम गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा कार्यान्वयन इकाइ प्रमुख नारायण सुवेदी, पुर्व प्रधानाध्यापक डिल्लीराम आचार्य, विद्यालयका संस्थापक लिलाधर आचार्य, प्रधानाध्यापक गीता कुँवर, शिक्षिका अम्बिका आचार्य, सह प्रधानाध्यापक प्रमिला पोखरेल लगायतले घुरकुना पोखरा भित्र भएरपनि विकासका दृष्टिले पछि परेको बताएका थिए ।
कार्यक्रममा विद्यार्थीले विभिन्न साँस्कृतिक कार्यक्रम सहित नृत्य प्रस्तुत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पोखरा–८, रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आध्यात्मिक चेतना विस्तार गर्ने उद्देश्यले एक…





