पोखरामा नेवाः देय् दबूको महानगर कमिटी गठन


     एभरेस्ट आवाज    
     फागुन २२ गते २०७८ मा प्रकाशित




पोखरामा नेवाः देय् दबूको पोखरा महानगर कमिटी गठन गरिएको छ। नेवाः देय् दबू कास्कीको पहलमा शनिबार पोखरा महानगर कमिटी गठन गरेको हो। जसको अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ छन्। श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय कमिटी गठन गरेको हो।

त्यस्तै, बरिष्ठ उपाध्यक्षमा गोपीलाल श्रेष्ठ, उपाध्यक्षमा राजेश श्रेष्ठ तथा महिला उपाध्यक्षमा सबिना बिजुक्छे छन्। सचिवमा भगवान बिजुक्छे तथा महिला सचिवमा अनुराधा श्रेष्ठ छन्। कोषाध्यक्षमा दौलत श्रेष्ठ छन्।

नेवाः देय् दबूका केन्द्रीय उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख चन्द्रलाल राजभण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेवाः देय् दबू गण्डकी प्रदेशका उपाध्यक्ष हरीकुमार श्रेष्ठको समेत उपस्थिति थियो।

नेवारी कला, संस्कृति र परम्परागत पहिचान स्थापित गर्ने कार्यमा समेत नेवाः देय् दबूले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ। नेवाः देय् दबूले नेपालभर विभिन्न स्थानमा बिभिन्न समुदायमा छरिएर रहेका नेवाः जातिको नेतृत्वसहितको टोलीले संगठन बिस्तार गर्दै आएको छ। गत वर्ष मात्रै कास्की जिल्लास्तरीय संगठन गठन गरेको हो। हालसम्म देशभरका ६० भन्दा बढी जिल्लामा यस संगठन बिस्तार भएको अध्यक्ष श्रीकृष्ण श्रेष्ठले बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।