पोखरा २१ फागुन ।
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ कास्कीको अध्यक्षमा सरोज लामा सर्वसम्मत रुपमा चयन भएका छन । शनिवार आयोजित संघको प्रथम भेलाले कास्कीको अध्यक्षमा सरोज लामा सहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जस अन्तर्गत संघको उपाध्यक्षमा भरत बहादुर सुवेदी, सचिवमा सविता कुमारी शर्मा र कोषाध्यक्षमा सीता अधिकारी चयन भएका छन । त्यसैगरी सदस्यहरुमा जीवन तिवारी, शिव पाण्डे, वैकुण्ठ भण्डारी, बिकास भुजेल, मन बहादुर धामी र मञ्जु गौतमलाई चयन गरिएको छभने दुई जना सदस्य पछि मनोनित गरिने संघले जनाएको छ ।
उक्त कार्यक्रममा अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका केन्द्रीय अध्यक्ष विमला आचार्य, केन्द्रीय उपाध्यक्ष रीता भट्ट, गण्डकी प्रदेश इन्चार्ज दिल कृष्ण नेपाली, केन्द्रीय सदस्य नविन पुजारी, गण्डकी प्रदेश सह इन्चार्ज गुण्डा श्रेष्ठ (मिन), गण्डकी प्रदेश अध्यक्ष हरि पौडेल, गण्डकी प्रदेश उपाध्यक्ष पदम बहादुर बस्नेत, प्रदेश सचिव बलराम आचार्य लगायतको उपस्थिती रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पोखरा–८, रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आध्यात्मिक चेतना विस्तार गर्ने उद्देश्यले एक…





