१५ वर्ष अघिको हत्या आरोपित अशोकलाई बहराइनबाट नेपाल ल्याइयो


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०७८ मा प्रकाशित




सांकेतिक तस्बीर

कास्कीमा एक मजदुरको हत्या गरेको आरोप लागेका अशोक गुरुङलाई १५ वर्षपछि बहराइनबाट कास्की ल्याइएको छ।

इन्टरपोलको सहयोगमा पक्राउ परेका कास्कीको लेखनाथ सातमुहानेका ४६ वर्षीय अशोक गुरुङलाई मंगलबार नेपाल ल्याइएको हो।

सामान्य विवादमा झगडा हुँदा टाउकोमा चिर्पटले हानेर राईको हत्या गरिएको थिया । त्यसयता फरार रहेका गुरुङ बहराइन पुगेको सूचना पाएपछि प्रहरीले उनलाई रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरेको थियो। इन्टरपोलबाट गत २७ मंसीरमा रेड नोटिस जारी भएको थियो। त्यसको २ दिनपछि बहराइनमा उनी पक्राउ परेका हुन्।

उनी गत पुस २९ गते पक्राउ परेका थिए। त्यस लगतै नेपाल प्रहरीले गुरुङविरुद्धको अभियोगबारे गृह र परराष्ट्र मन्त्रालय हुँदै बहराइनलाई पत्राचार गरेको थियो। त्यसका आधारमा त्यहाँको अदालतले सुपुर्दगी गर्न आदेश दिएपछि नेपाल ल्याइएको हो। उनलाई पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका कास्कीले जनाएको छ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार गुरुङलाई आवश्यक अनुसन्धानका लागि कास्की प्रहरीको जिम्मा लगाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

२०६३ साल बैशाख २९ गते कास्की लेखनाथमा मजदुरी काम गरी बस्ने धरानका २० वर्षीय रोजन राईको कुटपिटबाट सख्त घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि गुरुङ वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।