मस्र्याङ्दीले बगाएर विद्यार्थीको मृत्यु


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारमुनि मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर एक विद्यार्थीको मृत्यु भएको छ।

सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी सनिज श्रेष्ठको मृत्यु भएको हो।
तनहुँको भानु नगरपालिका–९, बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए।

मध्यान्ह १२ बजेतिर बगाएकोमा उनको शव दिउँसो १ बजेतिर १० मिटर जति तल भेटिएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार होस्टेलबाट १ जना शिक्षक र २ जना विद्यार्थी पौडी खेल्न मस्र्याङ्दीमा गएका थिए। उनीहरूमध्ये पौडी खेल्ने क्रममा नदीले बगाएर सनिजको मृत्यु भएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।