स्याङ्जाको फेदीखोलामा खेलकुद सप्ताह


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०७८ मा प्रकाशित




स्याङ्जाको फेदीखोला गाउँपालिकामा खेलकुद सप्ताह सुरु भएको छ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फेदीखोला गाउँपालिकाद्वारा आयोजित खेलकुद सप्ताहको जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सिता सुन्दासले उद्घाटन गरेकी हुन्।

सुन्दासले महिला भलिबलबाट प्रतियोगिताको उद्घाटन गरेकी हुन्।

स्थानीय हिमशिखर क्लबसँगको सहकार्यमा गाउँपालिकाले फागुन ३० गतेसम्म खेलकुद सप्ताहको आयोजना गरेको हो।

खेलकुद सप्ताह अन्तर्गत पुरुष÷महिला दुबैतर्फ फुटबल, भलिवल, ब्याडमिन्टन, खुल्ला ३००मि. र १०००मि. को खुल्ला दौड, छेलो लगायतका प्रतियोगिता संचालन हुनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।