पोखरामा हत्या गरेर फरार एक व्यक्तिलाई कास्की प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । १६ वर्षअघि हत्या गरेर फरार भएका अशोक गुरुङलाई कास्की प्रहरीले ईन्टरपोलको सहयोगमा पक्राउ गरेको हो । गुरुङले सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षिय रोजन राईको हत्या गरेको प्रहरीको आरोप छ ।
हत्या गरेर फरार गुरुङलाई बहराईनबाट पक्राउ गरेर पोखरा ल्याइएको कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए । उनलाई मंगलबार पोखरा ल्याएर कास्की जिल्ला अदालतबाट ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिसकेको एसपी थापाले जानकारी दिए । कास्कीको साविक लेखनाथ नगरपालिका सातमुहाने घर भएका गुरुङ राईको हत्यापछि शुरुमा कुवेत गएका थिए । कुवेतबाट फर्केका उनी केहि समयपछि बहराईन पुगेका थिए ।
घटनाको प्रत्यक्षदर्शीको वयानका आधारमा उनको खोजी गरिएको थियो । हत्यापछि डराएका उनी मूलथलो छोडेर भाग्दै हिंडेको देखिएपछि कास्की प्रहरीले उनको खोजीलाई तिव्र पारेको थियो । खोज्ने क्रममा गुरुङ बहराईनमा रोजगारीका लागि गएको देखिएपछि ईन्टरपोलको सहयोगमा रेडकर्नर जारी गरेर पक्राउ गर्न सफल भएको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले बताए ।
प्रहरीका अनुसार राई सुनसरीको धराबाट पोखरा आएका राई सातमुहानेस्थित खुदी खोलामा ग्याबिन तारमा ढुंगा भर्ने काम गर्थे । गुरुङले राईलाई २०६३ साल बैशाख २९ गते राति करिब पौने ९ बजे लाठीले टाउकोमा प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । घाइते राईको उद्धार गरेर पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल लगिएपनि उपचारका क्रममा सोहि वर्षको जेठ २ गते मृत्यू भएको थियो ।
गुरुङले राईलाई बाटोमा हिंडिरहेका बेला को होस् तँ ? के गर्छस् भन्दै झापड हानेको र पछि लखेट्दै गएर कुटपीट गरेको पाइएको प्रहरीको दाबी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पोखरा–८, रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आध्यात्मिक चेतना विस्तार गर्ने उद्देश्यले एक…





