पोखरा । मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर र ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाको संयुक्तरुपमा आयोजना गरिएको निःशुल्क स्वस्थ्य शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
११२ औं अन्तराष्ट्रिय नारी दिवसका अवसर पारेर पोखरा –२६ विजयपुरमा सम्पन्न कार्यक्रममा १५० जना बढी लाभान्वित भएको आयोजकले जनाएको छ । शिविरमा महिला प्रजनन, स्तन क्यान्सर र पाठेघरको क्यान्सर सम्बन्धी चेक जाँच तथा निःशूल्क औषधी वितरण गरिएको मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरका कार्यकारी निर्देशक गौतम पौडेलले जानकारी दिए ।
शिविरमा महिला प्रजनन्, स्तन क्यान्सर र पाठेघरको क्यान्सर सम्बन्धी स्वास्थ्य सचेतनाबारे डा.अन्जली सुवेदी र डा. जुनु श्रेष्ठले सहजीकरण गरेकी थिइन् । स्वास्थ्य शिविरमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरका वरिष्ठ डाक्टरहरु जुनु श्रेष्ठ, अञ्जली सुवेदी र सन्तोष वरालले चेक–जाँच गरेका थिए । शिविरमा आवश्यक परेकाहरुलाई निःशूल्क औषधीपनि वितरण गरिएको निर्देशक पौडेलले जानकारी दिए ।
अस्पतालले सो अवसरमा सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धी सेवामा छुट प्रदान गर्ने घोषणा गरेको छ । अस्पतालका कार्यकारी निर्देशक पौडेलले सेवाग्राहीहरुलाई अस्पतालको सदस्यता कार्ड वितरण गर्दै आगामी दिनमा जुनसुकै स्वास्थ्य सम्बन्धी सेवामा अस्तालले छुट दिने घोषणा गरे ।
यस्तै शिविरमा आयोजक ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले आफूरुको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







