फाइल तस्बीर
गण्डकी प्रदेश लगायतको पहाडी क्षेत्रका केही ठाउँमा आज (बिहीबार) मेघ गर्जन र चट्याङ पर्ने संभावना रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश लगायत देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं १ का पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भु–भागमा आंशिक बदली रहने छ।
गण्डकी प्रदेश लगायत देशको पहाडी भु–भागमा अपरान्हपछि एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भु–भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
आज गण्डकी प्रदेश राजधानी पोखराको अधिकतम तामपक्रम २९ दशमलव ४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियस हुने अनुमान लगाएको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ।
देशभर मनसुनी वर्षा जारी रहेकोले देशको थोरै स्थानहरुमा भारी तथा एक÷दुई स्थानहरुमा अति भारी वर्षाको संभावना भएकोले ती क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने र पहाडि क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले आगामी २४ घण्टाका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल देशको अधिकांश भूभागमा प्रि–मनसुन सुरु भइसकेकाले देशभर तापक्रम बढ्दै गएको छ भने बेलुका पख हावा चल्न थालेको छ। मनसुन अघिको समय प्रि–मनसुनमा दिउँसो गर्मी धेरै हुने र त्यसपछि चट्याङ पर्ने संभावना रहन्छ।
आज पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हो। यो समयमा स्थानीय वायुको प्रभावका कारण जुनसुकै बेला पनि हुरी चल्न सक्ने जोखिम रहने भएकाले सचेत हुनुुपर्नेछ। मार्च, अप्रिल र मे महिनालाई प्रि–मनसुनको समय मानिन्छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






