चौतारीको महाधिवेशन भोलि, नीति र नेतृत्वको हिसाबले महत्वपूर्ण

- ११ जना पत्रकार पुरस्कृत हुँदै


     एभरेस्ट आवाज    
     फागुन २६ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरामा फागुन २७ र २८ गते हुने प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । चौतारीको महाधिवेशन नीति र नेतृत्वको हिसाबले महत्वपूर्ण रहेको महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले बताए । महाधिवेशनमा अहिलेको सञ्चार क्षेत्रको मुद्दाका बारेमा गहन रुपमा छलफल हुने उनले जानकारी दिए ।

‘प्रेस चौतारीको नवौं महाधिवेशन नीति र नेतृत्वको हिसाबले महत्वपूर्ण छ, महाधिवेशनमा अहिलेको सञ्चार क्षेत्रको मुद्दाका बारेमा गहन ढंगले बन्दसत्रमा छलफल हुन्छ’ उनले भने ।

महाधिवेशनको अवसरमा ११ जना पत्रकारलाई पुरस्कृत गरिने भएको छ । जसअनुसार हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार २०७७ बाट प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल तथा २०७८ बाट अर्का पूर्व अध्यक्ष गगन विष्टलाई प्रदान गरिने भएको छ ।

अग्निशिखा पत्रकारिता पुरस्कार २०७७ कृष्ण विनोद लम्साल तथा २०७८ बाट झलक सुवेदी पुरस्कृत हुनुहुने भएको छ । डेकेन्द्र थापा पत्रकारिता पुरस्कार २०७७ सागर पण्डित र २०७८ हिरा परियारलाई प्रदान गरिनेछ । वीरेन्द्र साह क्रियाशिल पत्रकारिता पुरस्कार २०७७ बाट केपी गौतम र २०७८ बाट अनुप तिवारी पुरस्कृत हुनेछन् । चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ तथा पदम लक्ष्मी सावित्री स्मृति पत्रकारिता पुरस्कार २०७७ अब्दुल्ला मिया र २०७८ शिवराज भट्टलाई प्रदान गरिनेछ ।

पोखरा सभागृहमा हुने महाधिवेशनको उद्घाटन फागुन २७ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहने आयोजकले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।