जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमरसिंह प्रथम


     एभरेस्ट आवाज    
     फागुन २७ गते २०७८ मा प्रकाशित




पोखरा । पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी मा विमा भएको जिल्लाव्यापी सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमरसिंह मा विका दिनिसा लामिछाने प्रथम भएको छिन् ।

विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा जनप्रिय मा विका आकृति सापकोटा दितिय,वाल मन्दिर मा विका रिद्धि पोखरेल तृतीय र माछापुच्छ्रे मा विका सन्ध्या भण्डारी सान्त्वना भएकी छिन् ।

कास्की जिल्लाका ११ वटा विद्यालय ले सहभागिता जनाएको कार्यक्रममा विजयी विद्यार्थी लाई प्रमुख अतिथि प्रदेश नम्बर १ का पुर्व प्रमुख सोमनाथ अधिकारी प्यासी ले पुरस्कार प्रदान गरे । कार्यक्रममा बोल्दै उनले गौरवपूर्ण इतिहास बोकेको विद्यालयले विद्यार्थी को प्रतिभा प्रस्फुटन गर्न खेलेको भूमिका उच्च रहेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, निर्णायक ताराप्रसाद तिम्सिना, रामप्रसाद लामिछाने लगायतले व्यक्तित्व विकास का लागि वाक् कला महत्वपूर्ण भूमिका हुने बताए ।

अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक शंकर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह प्रधानाध्यापक भेषराज पौडेलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।