नेवाः देय् दबू पोखरा महानगर कमिटीको पदस्थापन


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०७८ मा प्रकाशित




नेवाः देय् दबू पोखरा महानगर कमिटीको पदस्थापन गरिएको छ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न कार्यक्रममा नवनियुक्त पोखरा महानगर कमिटीका अध्यक्ष लगायत सबै पदाधिकारी र सदस्यहरुको पदस्थापन गरिएको हो।

प्रमुख अतिथि एवं प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले नेवाः देय् दबू कमिटीका पदाधिकारी लगयात सदस्यहरुलाई प्रमाण पत्र समेत प्रदान गरे।

कार्यक्रममा बोल्दै नेवाः देय् दबू गण्डकी प्रदेशका कोषाध्यक्ष ऐनकुमार साईले संपूर्ण नेवाः देय् दबूमा नवआगन्तुक महानगर कमिटीका सदस्यहरुलाई स्वागत गर्दै आगामी दिनमा प्रदेश, जिल्ला तथा नगरका नेवाः देय् दबू आबद्ध सबै एकसाथ मिलेर नेवाःहरुको भाषा, संस्कृति एवं संस्कारको जगेर्ना गर्न एकजुट हुन आग्रह गरे।

सदस्य सचिव मनकुमार श्रेष्ठले आफू नेवाः भइकन पनि कुनैपनि यस किसिमको नेवाः को कार्यक्रममा सहभागी हुन नपाएको उल्लेख गरे। पहिलो पटक आमन्त्रण गरेकोमा नेवाः देय् दबूलाई धन्यवाद दिदैँ श्रेष्ठले् पोखरामा प्रज्ञा प्रतिष्ठानको स्थापना भएको ९ महिनाको अवधीमा पहिलो पटक नेवारहरुको कार्यक्रममा सरिह हुँदा आफू निकै हर्षित भएको खुशी व्यक्त गरे। आफ्नो भाषा, संस्कार एवं संस्कृतिको उत्थानको लागि पोखराका नेवाःहरु एकजुट भएकोमा खुशी ब्यक्त गरे। एनले नेवाः देय् दबूलाई आबश्यक सहयोग गर्न प्रतिष्ठान सदैव तयार रहेको प्रतिबद्धता जनाए।

सो कार्यक्रममा नवनियुक्त महानगर कमिटीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले पनि आफूलाई नेवाः देय् दबू महानगर कमिटीको अध्यक्षको पदको लागि योग्य सम्झिदिएकोमा सम्पूर्ण देय् दबूका अग्रजहरुलाई धन्यवाद प्रकट गरे।

‘यहाँहरुको अपेक्षा सबै पूरा गर्न नसकेपनि आफू सक्दो नेवाःहरुको भाषा, संस्कार एवं संस्कृतिको लागि सेवारत रहने प्रण गर्दछु,’ श्रेष्ठले भने।

सो कार्यक्रममा नवगठित महानगर कमिटीको पहिलो बैठक पनि शुक्रबार बसेको थियो। सो बैठकले पनि छिट्टै नेवाःहरुको भाषा तथा संस्कृतिको लागि महत्वपूर्ण कार्यक्रमहरु ल्याउने निर्णय गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।