गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको मानुङलाई विकासको पथमा अगाडि लैजान प्रदेश सरकार साथमा रहेको बताए।
दमौलीमा आज (शनिबार) बिहान व्यास अल्ट्रा म्याराथनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘मानुङलाई विकासको पथमा अगाडि लैजान, यहाँको आवश्यकता हेरेर त्यो किसिमको प्रक्रिया पूरा गर्न प्रदेश सरकार तयार छ।’
उनले म्याराथनमा सहभागी धावकहरुलाई सफलताको शुभकामना समेत दिए। मानहुँकोटदेखि पुलिमराङसम्मको अल्ट्रा म्याराथन अहिले बिहान सुरु भइसकेको छ।अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित उक्त म्याराथन कान्छमाया कोजूले जितेकी थिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







