शनिबारीय टी–२० क्रिकेट लिग : राईजिङ र पोखराको तेस्रो जित


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०७८ मा प्रकाशित




पोखरा, फागुन २८
अमृत गुरुङको अलराण्डर प्रदर्शनमा राईजिङ क्रिकेट क्लबले शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत तेस्रो जित निकाल्ले क्रममा कास्की क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको छ ।
वाईनकिङ टी–२० कास्की जिल्ला क्लबस्तरीय च्याम्पियनसिप अन्तर्गत शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा राईजिङका कप्तान अमृत गुरुङले प्लेयर अफ दि म्याच प्रदर्शन गरेपछि सहज जितसँगै लिगको शीर्षस्थानमा रहेको छ । उनले १८ बलमा १ चौका र ४ छक्का हान्दै ३४ रनको अविजित पारी खेलेपछि राईजिङले १४८ रनको योगफल तयार पार्यो ।
टस जित्दै राईजिङका ओपनर सागर लामिछानेले ३६बल खेल्ने क्रममा २५ रन बनाए । उनले दोस्रो विकेटको लागि किरण पौडेलसँग ३४ रनको साझेदारी निभाए । किरण पौडेलले पनि १९ रनको योगदान दिदाँ कृष्ण पौडेल भने ८ बलमा १६रन बनाउँदै २ चौका प्रहार गरे । सिब्रिन श्रेष्ठले ३ ओभर बलिङ गर्ने क्रममा २ विकेट लिदाँ विष्णुप्रसाद शर्मा, विश्वास पराजुलीले १÷१ विकेट लिए ।
अमृत गुरुङले ४–०–१५–२ को बलिङ स्पेल गरेपछि १४९ रनको लक्ष्य पछ्याएको कास्की क्रिकेट क्लब १०६ रनमै समेटियो । सबै विकेट गुमाएको कास्कीलाई व्याटिङ ध्वस्त बनाउने क्रममा फाष्ट बलर कृष्ण पौडेलले ४–०–२५–२ को प्रदर्शन गरे । कास्कीका कप्तान विष्णुप्रसाद शर्माले ३६बलमा सर्वाधिक ४५ रनको योगदान गरेपनि जितको हकदार बनाउन सकेनन् । उनले ४ चौका र ३ छक्का हिर्काउँदै अर्धशतक नजिक पुुगे । तर जितसम्म डोहो¥याउन भने असमर्थ देखिए । आयुुष सैंजुले १३ बलमा १३ रन हिर्काए । विश्वास पराजुलीले भने २१ बल खेल्दै १२ रन बनाए ।
यसैगरी दोस्रो खेलमा पोखरा क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबलाई १४ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको पोखरा क्रिकेट क्लब ९ विकेटको क्षतिमा ९० रनको योगफल तयार पार्ने क्रममा अनिल गुरुङले सर्वाधिक २६रनको योगदान दिए । उनले ४२ बल खेले ।
मुुश्कान थापाले २२ बल खेल्दै १३ रन जोड्दा विकास अधिकारीले १६बलमा १३ रन बनाए । ऋतिक थापा मगरले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । सुवास बास्तोला र दिपेश खत्रीले समान २÷२ विकेट आफनो नाममा लेखाए । ९१ रनको लक्ष्य पछ्याएको माछापुच्छ«े क्रिकेट क्लब भने ७६ रनमा समेटिन पुुग्यो । ऋतिक थापा मगरले २२ रन र पुजन पौडेलले १८ रन बाहेक अन्य व्याटरको दोहोरो अंक स्कोर बनाउन सकेनन् । बलिङ तर्फ प्लेयर अफ दि म्याच पोखरा क्रिकेट क्लबका अनिल गुरुङले २ विकेट लिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।