प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत नै दोहोरिए


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०७८ मा प्रकाशित




प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत दोहोरिएका छन् ।

पोखरामा जारी नवौं महाधिवेशनबाट बस्नेतलाई अध्यक्षमा पुनः निर्विरोध निरन्तरता दिइएको हो।

यसअघि २०७३ सालमा पनि बस्नेत नै सर्वसम्मत अध्यक्ष थिए।

अध्यक्ष मण्डलले अध्यक्षमा बस्नेतसहित सबै पदाधिकारी, सदस्यहरु, आयोग पदाधिकारीको नाम टुंगो लगाएको हो। निर्वाचन समितिले आइतबार विहान ८ बजेपछि मात्रै नामहरु औपचारिक घोषणा गर्ने बताएको छ।

उपाध्यक्षमा गणेश पाण्डे, सबिन प्रियासन, राजेश राई र देवीका घर्ती छन्। महासचिवमा हिरामान लामा छन्। उपमहासचिव शुरोजंग पाण्डे र राजु सुवेदी छन्। कोषाध्यक्षमा ईन्द्र आचार्य छन्।

सचिवमा विक्रम लुईंटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिवल्लभ नेपाल चयन भएका छन्। सुष्मा गण्डकी प्रदेशबाट सचिवमा चयन भएकी हुन्।

पदाधिकारी हैसियतको आयोगहरुको अध्यक्षमा अनुशासनतर्फ नवराज महतारा, लेखामा सटेन्द्र जवेगु र निर्वाचन आयोगमा गणेश खनाल छन्।
गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा माधव बराल, भीमलाल श्रेष्ठ, हिमलाल पराजुली, तारानाथ आचार्य, प्रकाश पौडेल, हिमालदेव पंगेनी, जमुना वर्षा शर्मा, कविता श्रेष्ठ र बेलिना थापा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।