कास्कीको रुपा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत, समाजवादी) कमिटी गठन गरेको छ।
पोखराको लेखनाथमा शनिबार सम्पन्न कास्कीको क्षेत्र नम्बर १ को प्रथम भेलाले कपिल पौडेलको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरेको हो।
जसको उपाध्यक्षमा उपाध्यक्षमा विष्णुप्रसाद ओझा र जीवन नेपाली, सचिवमा विश्वराज सुबेदी, उपसचिवमा कृष्णप्रसाद सुबेदी, भोजराज पौडेल र गीता बराल छन्।
समितिको सदस्यहरूमा रामचन्द्र ओझा, राजकुमार सुबेदी, किशोर पौड्याल, सुर्यमोहन ओझा, सन्तोष सुबेदी, सोबिता ओझा, बद्री ओझा, महेन्द्र ओझा, सुमन न्यौपाने, विशाल ओझा र जुना नेपाली लगायत छन्।
एकीकृत समाजवादीका उपमहासचिव एवं केन्द्रीय प्रवक्ता जगन्नाथ खतिवडा, पोलिटब्युरो सदस्य एवं प्रदेश कमिटी उपाध्यक्ष श्रीनाथ बराल, पोलिटब्युरो सदस्य एवं युवा फाँट इन्चार्ज दिलु पन्त, केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष धनराज आचार्य, क्षेत्र नं १ का इन्चार्ज एवं युवा संघका केन्द्रीय उपाध्यक्ष पूर्ण लामा, गण्डकी प्रदेश सदस्य गोकर्ण तिवारी र पोखरा महानगर उपाध्यक्ष प्रेम थापाको उपस्थितिमा भेला र प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो।
क्षेत्रीय संयोजक.दिननाथ ढकालको अध्यक्षतामा लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रम १९ बुँदे कार्य योजना समेत पारित गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







