पोखरामा जनप्रदीप सहयोगी संस्था गठन


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०७८ मा प्रकाशित




पोखरा २९ फागुन
स्याङ्जा जिल्लाको चिलाउनेवासमा रहेको जनप्रदीप माविका भुर्तपूर्व विद्यार्थी संगठित भएका छन् ।

पोखरामा सम्पन्न भु पु विद्यार्थीको भेलाले डोलनाथ गौतम (चोलाकान्त)को अध्यक्षतामा १३ सदस्यीय जनप्रदीप सहयोगी संस्था गठन गरेको छ ।
संस्थाको उपाध्यक्षमा कलावती बस्नेत, सचिवमा दीपकराज पौडेल, सह सचिवमा कमला तुलाचन, कोषाध्यक्षमा गीतादेवी लामिछाने र सदस्यहरुमा युवराज लामिछाने, विश्वबन्धु पौडेल, राजकुमार सुनार,बुद्धी प्रसाद पौडेल, कमला पौडेल ढकाल, डोलराज पौडेल,मोती पौडेल चयन भएका छन् ।

त्यस्तै प्रमुख संरक्षकमा भु पु प्रधानाध्यापक ठाकुर प्रसाद शर्मा, संरक्षकमा रामचन्द्र पोखरेल, प्रमुख सल्लाहकारमा चिम प्रकास पौडेल, सल्लाहकारमा रमेश पौडेल, नेत्र केसी खेम छेत्री र कानुनी सल्लाहकारमा त्रिभुवन पौडेल राजु चयन भएका छन् । संस्थाले विद्यालयको समग्र विकासमा योगदान गर्ने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।