पोखरा ।
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाको आर्थिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ११ रानीपौवा स्थित मागदर्शन महिला समूहले आयोजना गरेको महिलाहरुको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण सम्पन्न भएको हो । कार्यक्रमबाट १६१ जनाले सेवा लिएका छन् ।
मन्त्री थापाले गण्डकी प्रदेश सभा सदस्य (सांसद) हुँदादेखि नै आफुले पाउने तलब, भत्ता बापतको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएका छन् । मन्त्री भएपश्चात पनि सो क्रम जारी छ । कार्यक्रमलाई उदघाटन गर्दै मन्त्री थापाले आफु नागरिकको समस्यामा सँधै साथमा रहेको उल्लेख गरे । नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने सवालमा आफु सँधै प्रतिबद्ध रहेको भनाई उनको छ ।
‘नागरिकको सबै भन्दा महत्वपूर्ण आधारभूत आवश्यकत्ता भनेकै स्वास्थ्य हो । मानिस स्वस्थ रहे नै अन्य क्रियाकलापमा अगाडि बढ्न सक्छ । समाज विकासको आधार हो स्वास्थ्य क्षेत्र । आज आफुले प्रदेश सरकारबाट पाउने तलब,भत्ता बापतको रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्न पाउँदा खुशी लागेको छ ।’, उनले भने ।
मन्त्री थापाले आफुले निम्न आयस्तर भएका महिलाहरुलाई लक्षित गर्दै उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराए । उनले गण्डकी सरकारले पनि क्यान्सर तथा पाठेघर मुखको क्यान्सरबाट पीडित महिलाहरुलाई उपचारका लागि सहयोग गर्दै आएको उल्लेख गरे । उनले एक लाख रुपैयाँ संघ सरकार र ५० हजार रुपैयाँ प्रदेश सरकारले उपचारका लागि उपलब्ध गराउँदै आएको बताए । मन्त्री थापाले आगामी दिनमा समेत यस्ता कार्यक्रमको निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं ११ का वडाध्यक्ष मोहन बास्तोलाले मार्गदर्शन महिला समूह समाजका लागि एक उदाहरण बनेको बताए । न्यून आयस्तर भएका महिलाहरुका लागि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने आवश्यकतालाई उहाँले औंल्याए ।
अंशु शेर्पाको संयोजनामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ११ का सभापति हरिप्रसाद बास्तोला, स्थानीय समाजसेवी प्रेम कर्माचार्य लगायतको उपस्थिति थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा…





