पोखरा । भिमादमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रिजनल हस्पिटल प्रा ली पोखरा र तनहुं सेवा हस्पिटल दुलेगौडाको प्राबिधिक सहयोगमा निशुल्क शिविर आयोजना गरिएको हो । स्वास्थ्य शिविर मा ५६३ जना ले निशुल्क विशेषज्ञ सेवा सहित १६३ जना ले निशुल्क भिडियो एक्स रे सेवा, १७७ जना ले निशुल्क ल्याब सेवा , २३६ जना ले निशुल्क इसिजी सेवा, ६५ जना ले निशुल्क एक्स रे सेवा,२१ जनाले निशुल्क पल्मोनरी फन्कसन टेस्ट सेवा सहित निशुल्क औषधी बितरण गरिएको रिजनल हस्पिटलका प्रबन्धक अर्जुनप्रसाद शर्माले बताए ।
शिविरमा रिजनल हस्पिटलका कन्सल्टेन्ट फिजिसियन डा. कृष्णराज अधिकारी, कन्सल्टेन्ट फिजिसियन डा. राजेन्द्र पौडेल , हाड जोर्नि नसा रोग विशेषज्ञ डा बिजय परियार, हाड जोर्नि नसा रोग विशेषज्ञ डा.सरोजचन्द्र दाहाल, डा.किसोर थापा ,जनरल सर्जन डा. सुनिलमान बिजुक्छे, स्त्रीरोग बिशेषज्ञ डां तारा गुरुड.डा.प्रबिन बराल, डा.सुदर्शन डा.राज गुरुड.,नर्सिड,प्राबिधिक, ल्याब, फार्मेसी बिभागको सहभागिता रहेको थियो ।
रिजनल हस्पिटलका कन्सल्टेन्ट फिजिसियन डा.कृष्णराज अधिकारीले शिविरलाई सफल पार्नका साथै भिमादमा सेवा दिने अबसर प्रदान गरेकोमा तनहुं हस्पिटल, बराह स्वास्थ्य क्लिनिक र व्यवश्थापनमा सहयोग गर्ने रोट्रायाक्ट क्लब अफ भिमाद, सम्पूर्ण राजनितिक,सामाजिक तथा विभिन्न संघ संस्थाहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







