पोखरा । नेकपा एमाले निकट भातृ संगठन रिटर्नी फेडेरेसन नेपाल पोखरा महानगर कमिटीको अध्यक्षमा सुरेश लामीछाने निर्वाचित भएका छन् ।
शनिबार भएको अधिवेशनले लामिछानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन समितिका सदस्य शिव गिरीले जानकारी दिए ।
कमिटीको उपाध्यक्षमा कृष्ण प्रसाद बास्तोला, सचिब पुस्पराज पौडेल, सह–सचिवमा शान्ती जिरेल, कोषाध्यक्षमा बिष्णु प्रसाद सुवेदी निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा ऋषिराम भट्टराई, बलराम सापकोटा, दिनानाथ ढुङाना, माधब भण्डारी, गोबिन्द प्रसाद बराल, मुक्तीराम त्रिपाठी, अमृत पौडेल रदुर्गानाथ न्योपाने छन् । कमिटीका बाँकी सदस्य पछि थप गरिने जनाइएको छ ।
नवनिर्वाचित कार्यसमितीलाई निर्वाचन कमिटीका संगठनका केन्द्रिय सदस्य बुद्धि अधिकारी, अर्चना बस्नेत, प्रमिला बराल भण्डारी, सुनिल कार्की, शिव गिरी, हरि भण्डारी र विश्वज्योति भण्डारीले सपथ ग्रहण गराएका थिए ।
यसअघि, फेडेरेसन नेपालका केन्द्रिय सदस्य तथा जिल्ला संगठनका इन्चार्ज बुद्धीप्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा पार्टीका जिल्ला इन्चार्ज भिम कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
रोजगारी तथा व्यवसायको शिलशिलामा विभिन्न देशबाट फर्किएर आएका व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा फेडेरेसन नेपालका केन्द्रिय सदस्य अर्चना बस्नेतले संगठनको महत्व, उद्देश्य र विधानका बारेमा प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, जिल्ला समन्वय समितीका अध्यक्ष बैन बहादुर क्षेत्री जिल्ला कमिटी सदस्य राजकुमारी भुजेल, अखिल नेपाल महिला संघ कास्कीका संयोजक संयोजक सुसिला पराजुली, पोखरा महानगर पार्टी कमिटी अध्यक्ष दिलिप न्यौपाने, पोखरा महानगर पार्टी सचिब जीवन आचार्य, पोखरा–१६, पोखरा–१२, पोखरा– २० लगायतका पार्टी अध्यक्षहरुले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन निर्बाचन कमिटी सदस्य तथा अखिल नेपाल महिला सङ्ग पोखरा २६ कमिटी तथा ब्याबसाही प्रमिला बराल भण्डारीले गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







