गोरखामा चैतको ४ गते लिगलिगे साइकल दौड


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित




आगामी चैतको ४ गते लिगलिगे साइकल दौड हुने भएको छ।

प्रसिद्ध ऐतिहासिकस्थल लिगलिगकोटको प्रचारप्रसार गरी पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘दोस्रो लिगलिगे साईकल दौड’ हुन लागेको हो ।

लिगलिगकोटमा सुरु हुने साइकल दौडको व्यस्थापकीय पक्षका सबै तयारी पूरा भएको आयोजकले जनाएको छ।

५२ दशमलव ९ किलोमिटर लामो खुल्ला साइकल दौडमा पहिलो, दोस्रो, तेस्रोदेखि दशौँसम्म हुनेलाई क्रमसः २५ हजार, २०, हजार, १५, हजार, १०, ५ हजार, २ हजार ५ सय, २ हजार, १ हजार, ५ सय (३ जना)ले पुरस्कार पाउनेछन्।

महिलातर्फ पनि सोही अनुसार १० जनालाई नगदसहित पुरस्कार प्रदान गरिनेछ। गण्डकी प्रदेशतर्फको प्रतियोगितामा पहिलोदेखि तेस्रो हुनेलाई नगद ५ हजार, ३ हजार र २ हजार, ५ सय पुरस्कार पाउनेछन्। यो बिधा पनि महिला र पुरुषका छुट्टाछुट्टै छन्।

पालुङटार नगरपालिका भित्रका स्थानीय महिला पुरुषका लागि छुट्टाछुट्टै बिजेता घोषणा गरिनेछ। २ हजार ५ सय, २ हजार र १ हजार पुरस्कार पाउनेछन्।

यो वर्ष राजिष्ट्रेशनका लागि नेपाली र विदेशी सबैलाई २ हजार रुपैया मात्र तिर्नुपर्नेछ। प्रतियोगितामा सहभागीलाई २ रात बसोबासको समेत ब्यवस्था छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।