पोखरा । होली पर्वको अवसरमा रेवान पोखराले होली महोत्सव आयोजना गर्ने भएको छ ।
आपसमा रङ्ग दलेर शुभकामना साटासाट गर्दै मनाइने होली पर्वका अवसरमा रेवानले वर्षेनी गर्दै आएको महोत्सवलाई निरन्तरता दिदै यसपटकपनि होली महोत्सव गर्न लागेको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।
आउँदो बिहीबार अम्मट घाटबाट शुरु हुने महोत्सवमा स्वदेशी, विदेशी पर्यटक, पर्यटन सम्बद्ध संघसंस्था, प्रशासनिक निकायका प्रतिधिनी, स्थानिय आमा, युवा समुह लगायतको सहभागिता रहने बताइएको छ ।
महोत्सव सफल पार्न रेवान पोखराका सदस्य विष्णु बानियाँको संयोजकत्वमा समिति गठन गरिएको रेवान पोखराले जनाएको छ ।
‘दिउँसो अम्मटमा सबैजना जम्मा भई बाजागाजा सहित खहरे चोकसम्म होली खेल्दै जाने हो’ संयोजक बानियाँले बताए । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







