एन्टी डोपिङ अभियानलाई सार्थक तुल्याउँछौँः मन्त्री गहतराज


     एभरेस्ट आवाज    
     चैत्र २ गते २०७८ मा प्रकाशित




युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने बताएका छन्।

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी खेलकुदमा एन्टी डोपिङसम्बन्धी १७ औँ एसिया/ओशिनिया क्षेत्र अन्तर सरकारी मन्त्री स्तरीय बैठकमा मन्त्री गहतराजले नेपालको तर्फबाट प्रतिबद्धतासहितको प्रस्तुति गरेका हुन्।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टी डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको बताए।

उनले आगामी दिनमा एन्टी डोपिङसम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गरे।

बैठकमा ४५ देशको सहभागिता रहेको छ। बैठकले सन् २०२२ देखि २४ सम्मका लागि रणनीति पारित गर्नेछ। 

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।