युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो


     एभरेस्ट आवाज    
     चैत्र २ गते २०७८ मा प्रकाशित




इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ।

अन्तिम १६ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएपछि समग्रमा २–१ को हार व्यहोर्दै युनाइटेड बाहिरिएको हो।

स्पेनमा भएको पहिलो लेगमा युनाइटेड र एट्लेटिकोले १–१ गोलको बराबरी खेलेका थिए। तर, घरेलु लेगमा युनाइटेड पराजित बन्यो।

ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले निर्णायक गोल गरे। उनले एन्टोनियो ग्रीजम्यानको पासमा ४१ औं मिनेटमा गोल गरेका थिए। यस जितसँगै एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ। पोर्चुगिज क्लब बेन्फिका पनि अन्तिम ८ मा प्रवेश गरेको छ। अन्तिम १६ को दोस्रो लेगमा आयाक्सलाई १–० ले हराउँदै बेन्फिकाले समग्रमा ३–२ को जित निकाल्यो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।