नवलपुर । नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । कावासोतीको रिफ्रेस सेन्टरमा आज एक कार्यक्रमबीच स्टिकर टाँस्ने अभियान थालनी गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले ट्र्याक्टरमा स्टिकर टाँसेर अभियानको सुरुआत गरेका हुन । अभियानको सुरुआत गर्दै उहाँले दुर्घटनाबाट मानवीय र भौतिक क्षति हुँदा चालक, सहचालक, सर्वसाधारण नागरिकमा धेरै असर पर्ने भएकाले त्यस्ता असरलाई कम गर्नसमेत यस अभियानले टेवा पुग्ने बताए ।
दुर्घटना न्यूनीकरण गर्ने दायित्व प्रहरीको मात्रै नभइ व्यवसायी र सबै नागरिक रहेको उनले बताए । रातिको समयमा ट्र्याक्टर नदेखिँदा पछिल्लो समय भित्री सडक खण्डमा दुर्घटनामा वृद्धि भएको उनले बताए । उनले स्टिकर टाँसेपछि रातिमा पछाडीबाट आउने अन्य सवारी साधनले ट्र्याक्टर देख्ने र दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







