पोखरा, चैत २
सेती नदी तिरभिर संरक्षण समूहले रामघाट परियोजनामा आफूहरुलाई पनि सहभागि गराउन माग गरेको छ । समूहमा आबद्ध माथिल्लो सिद्धमार्ग टोल विकास संस्था, शान्तिवन टोल विकास संस्था, शान्तिवन रामघाट मजदुर समिति, नयाबजार क्लव, शान्तिदर्शन युवा क्लव, सिद्धमार्ग आमा समूह, शान्ति वन आमा समूह र सिद्धमार्ग टोल विकास संस्थाले बुधबार संयुक्त रुपमा महानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै बतास समूहलाई ३५ वर्षका लागि सेती नदीमा ड्याम निर्माण गरेर ढुंगा, गिट्टी, बालुवालगायतका सामग्री उत्खनन् गर्न दिने गरी रामघाट परियोजना सञ्चालन गर्न दिन लागेकाले सो परियोजनामा आफूहरुलाईपनि सहभागि गराउन माग गरेका हुन् ।
सेती नदी तिरभिर संरक्षण समूहले परियोजनामा आफूहरुलाई १० प्रतिशत सेयर लगानी दिन माग गरेको छ । त्यस्तै, स्थानियलाई रोजगारीमा प्राथमिकता, शवदाहको उचित व्यवस्थापन, शौचालय, प्रतिक्षालय, क्रियापुत्री भवन, स्नान घर निर्माणलगायतकोपनि सुनिश्चितता गर्न माग गरिएको छ ।
समूहले आफ्ना माग पूरा नभए एकताबद्ध भई संघर्षमा उत्रिने चेतावनी दिएको छ । साथै उक्त आन्दोलनबाट कुनैपनि क्षेति पुगेमा त्यसको जिम्मेवार स्वयम् महानगरपालिका हुने चेतावनी दिइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







