फाइल तस्बीर
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एक दिवसीय श्रृंखलामा नेपालले आज युएईसँग खेल्दैछ।
दुबईको इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे खेल सुरु हुनेछ।
घरेलु टोली युएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ।
पहिलो खेलमा तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी पपुवा न्युगिनी (पीएनजी) माथि संघर्षपूर्ण जित निकालेको नेपाललाई युएईविरुद्ध ब्याटिङमा सुधार गर्नुपर्ने आवश्यकता छ।
पपुवा न्युगिनी (पीएनजी) ले दिएको २०५ रनको लक्ष्य पछ्याउँदा नेपालको पहिलो क्रमको ब्याटिङ धरमराएको थियो। तर, मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेल र आरिफ शेखले १०२ रनको कीर्तिमानी साझेदारी र करण केसीले २९ रनको उत्कृष्ट फिनिसिङ गरेपछि नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि २ विकेटको रोमाञ्चक जित निकालेको थियो।
युएई, पपुवा न्युगिनी (पीएनजी) भन्दा बलियो टोली हो। घरेलु मैदानको साथ पनि उसका लाथि अर्को बलियो पक्ष रहनेछ। टी–२० फम्र्याटमा जमिरहेको नेपालले ५० ओभरको खेल त्यति खेलिरहेको छैन। त्यसैले जितको लय कायम राख्न नेपालले ब्याटिङमा सुधार गर्ने आशा गरिएको छ।
युएई जानुअघि श्रीलंकामा त्यहाँको ‘ए’ श्रेणीको क्लबसँग ४ अभ्यास खेल खेलेको थियो। जसमा नेपालले एउटा खेल मात्र पूरै ५० ओभर खेल्न सकेको थियो। ४ खेलमा नेपालले ३ जित र १ हार खेपेको थियो। श्रृंखलामा युएईले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ७ विकेटले हराउँदा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले मात्र हराउन सफल बनेको थियो।
अंक तालिकामा नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ छैटौँ स्थानमा छ। इुएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अंकका साथ दोस्रो स्थानमा छ। सात देश सहभागी यो श्रृंखलामा ओमान २७ खेलमा १७ मा जित र ८ मा हारसहित ३६ अंकका साथ शीर्षस्थानमा छ।
नेपाल र युएईबीच ४ वटा एक दिवसीय खेल भएको छ। जसमा नेपाल २ खेलमा विजयी हुँदा २ खेलमा पराजित बनेको छ। सन् २०१९ मा नेपालले युएईसँग तीन एक दिवसीय श्रृंखला खेलेको थियो। त्यसमा नेपालले २–१ ले श्रृंखला जितेको थियो। नेपालले अर्को खेल चैत ७ मा युएईसँग र चैत ८ मा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्ने तालिका छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मासवारस्थित मदरल्याण्ड माविले नमूना युएन (संयुक्त राष्ट्र संघ) सभा आयोजना गरेको…





