उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्नेछ।

आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता, २०७८ मा स्थानीय जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ।

आचारसंहिताको दफा ३६ मा राजीनामा गर्नुपर्ने उल्लेख गरिएको छ। जनप्रतिनिधिले उम्मेदवारको मनोनयन अगाडि नै राजीनामा दिनुपर्ने भनिएको छ।

‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ’, आचारसंहिताको दफा ३६ मा भनिएको छ।

कसैले आचारसंहिता उलंघन गरे उजुरी दिन सक्नेछन्।

‘कसैले यो आचारसंहिता उलंघन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिताको परिच्छेद–८ बमोजिमका समिति, टोली वा अनुगमन अधिकृत समक्ष अनुसूची–४ बमोजिमको उजुरी दिन सक्नेछ’, उजुरी सम्बन्धी प्रावधानमा लेखिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।