काठमाण्डौं । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल आयोजक युएइसँग ४८ रनले पराजित भएको हो । युएईले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२० रनमा समेटियो ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । साठी बल खेलेका उनले ४ चौकाको मद्दतमा ४६ रन बनाएका हुन् । त्यसैगरी ज्ञानेन्द्र मल्लले २८ रन बनाए भने कुशल भुर्तेलले ११ रन जोडे । करन केसी ६, आसिफ शेख ७, दीपेन्द्रसिंह ऐरी ४, सोमपाल कामी ६, सन्दीप लामिछाने ७ रन बनाउँदा आरिफ शेख र कमल सिंह ऐरी शून्यमा आउट भए ।
युएईको बसिल हमिद एक्लैले ४ विकेट लिए भने जुनेद सिद्दिकीले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो । युएईका रिजवान सिपी र रोहन मुस्तफाले समान ४०/४० रन बनाए ।
ओपनर मुहमद वसिमले २१ रन जोड्दा कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमेद राजाले १३ रन बनाए ।
युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामीले ४ विकेट लिए भने करण केसीले ३ विकेट झारे । सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान १/१ विकेट लिए ।
यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई २ विकेटले हराएको थियो । अब नेपालले आफ्नो तेस्रो खेलमा युएईविरुद्ध नै सोमबार प्रतिस्पर्धा गर्नेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा…





