लाप्राक र बारपाकको विकासका लागि पहल गर्छुः नेपाल


     एभरेस्ट आवाज    
     चैत्र ५ गते २०७८ मा प्रकाशित




पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पु¥याएका गोरखाको लाप्राक र बारपाक लगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

नेकपा (एकीकृत समाजवादी) पार्टी गोरखाले लाप्राकमा शुक्रबार आयोजना गरेको कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री नेपालले लाप्राकसम्म सडक बाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पु¥याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताएका छन्।

लाप्राकको नमुना बस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकले गुनासो गरेपछि उनले राजधानी फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने बचन दिएका हुन्। अध्यक्ष नेपालले लाप्राकसम्म नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन जडान छिटोभन्दा छिटो गर्नुपर्नेमा जोड दिए। विकासका लागि जनता पनि चनाखो हुनुपर्नेमा पूर्व प्रधानमन्त्री नेपालले जोड दिए।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।