‘एक पालिका, एक रंगशाला, एक वडा, एक खेल पूर्वाधार’


     एभरेस्ट आवाज    
     चैत्र ५ गते २०७८ मा प्रकाशित




नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले नेपालको समग्र खेल क्षेत्रको विकास र समृद्धिका लागि आगामी स्थानीय तहको निर्वाचनमा ‘एक पालिका, एक रंगशाला, एक वडा एक खेल पूर्वाधार’ को अवधारणा घोषणापत्रमा समावेश गर्न पार्टीलाई आग्रह गरेको छ।

महासंघका इञ्चार्ज एवं एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा र संयोजक कृष्ण बस्नेत (पर्शुराम)को अध्यक्षतमा शुक्रबार सम्पन्न आयोजक कमिटीको विस्तारित बैठकले सो अनुरोध गर्ने विशेष प्रस्ताव पारित गरेको हो।

संयोजक बस्नेतले खेलकुद क्षेत्रको संस्थागत विकासले मात्र खेलक्षेत्रलाई अन्तरराष्ट्रियकरण गर्ने र खेलाडी तथा खेलकर्मीका अधिकारको रक्षा गर्न सक्ने हुँदा विकासको गतिलाई नयाँ दिशा दिनका लागि नेपाल खेलकुद महासंघलाई गाउँगाउँसम्म पु¥याउने र खेलकुद गतिविधिलाई घरघरमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे।

महाधिवेशन आयोजक कमिटीको प्रथम बैठकले महासंघको बैठक संचालन कार्यविधि २०७८ पारित गरी लागूसमेत गरेको छ। बैठकले ३३ सदस्यीय स्थायी कमिटी तथा ७७ सदस्यीय सचिवालय सदस्य अनुमोदन गर्नुका साथै प्रदेशका इन्चार्ज तथा सह–इन्चार्ज, जिल्लाका इन्चार्ज तथा सह–इन्चार्ज, महानगरका इन्चार्ज तथा सह–इन्चार्ज पनि तोकेको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।