पोखरा, चैत ५
खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीनानाथ बराल निर्वाचित भएका छन् । मञ्चको शनिबार सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रतिष्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पराजित गर्दै बराल अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका लागि भएको निर्वाचनमा कुल ४९ मत खसेकोमा बिजयी बरालले २९ मत प्राप्त गर्दा पराजित अधिकारीले २० मत प्राप्त गरे ।
अध्यक्षबाहेक अन्य पदहरुमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशीकुमार पौडेल र कोषाध्यक्षमा कविता घर्ती मगर चयन भएका छन् । सचिव पौडेल र कोषाध्यक्ष घर्ती मगर एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमकर्मी हुन् ।
त्यस्तै सदस्यहरुमा दीपकराज मुल्मी, नारायण शाही, उमेश पुन, मानबहादुर घर्ती (एमबी आस्था) र राजु गिरी निर्विरोध चयन भएका छन् । शाहीपनि एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमकर्मी हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





