पोखरा । पोखरा वाङ्मय प्रतिष्ठानको आयोजनामा नयाँ वर्ष २०७९ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि शिक्षासेवी बालगोपाल अमात्यले नयाँ वर्ष सबैका लागि सुखद् होस् भनी शुभकामना दिए ।
सो अवसरमा समाजसेवी बोधराज कार्की, अधिवक्ता बोधराज बराल, कलाप्रेमी रामदेवी कुँवर, कृष्णबहादुर कुँवर ‘बटुकृष्ण’, समाजसेवी बलबहादुर सेन्चुरी, साहित्यकार मदन भण्डारी, शिक्षासेवी तुलसीप्रसाद चापागाईं, कमलराज ढुंगाना, विश्वशान्ति कुँवर, वेदप्रसाद पौडेल, उत्तम बस्नेत, संचारकर्मी तिर्सनालक्ष्मी गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शिक्षाविद् बालगोपाल अमात्य, संचारकर्मी देवेन्द्र एसके शाही र सपना कुँवरलाई सम्मान गरिएको थियो ।
अलौकिक कवि देशभक्त सिंह कुँवर प्रतिष्ठानको व्यवस्थापनमा भएको कार्यक्रममा स्वागत पार्वती ढुंगाना र संचालन संचारकर्मी देवेन्द्र एसके शाहीले गरेका थिए ।
प्रतिष्ठानका संरक्षक, शिक्षासेवी एवं साहित्यकार क्षेत्रबहादुर कुँवरले गत वर्ष स्वास्थ्यमा गम्भीर समस्यापछि पोखराबाट हेलिकोप्टरमा काठमाडौं उपचार गर्न जानुपरेको स्मरण गर्दै स्वच्छ भएर बाँच्ने प्रेरणा नयाँ वर्षमा सबैमा मिलोस् भनी शुभकामना दिए ।
अलौकिक कवि देशभक्त सिंह कुँवरले कोरोना महामारीमा ग्राण्डीमा मृत्युसँग लडिरहेको बेलामा पनि दोस्रो जुनी कृति लेख्न सकेको बताए । सो प्रकाशनका लागि अन्तिम तयारी हुँदै गरेको उनको भनाइ थियो । बिरामी पर्दा भेट्ने तथा विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति उनले आभार व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







