पोखराको पालिखेचोकदेखि नालामुखसम्मको सडक पिच र ढल व्यवस्थापनको लागि स्थानियले माग गरेका छन् । पोखरा– ३ स्थित भिन्तुना युवा क्लव र ‘वी फर अल’ संस्थाको संयुक्त सक्रियतामा भएको स्थानियको भेलाले सो क्षेत्रको व्यवस्थित ढलसहित पिच सडक निर्माण गरिदिन माग गर्दै विभिन्न निकायमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
भेलाले जाइका र खानेपानीको कार्यालयमा आफूहरुको समस्या सहित ध्यानाकर्षण गराउने र माग सम्बोधन नभए विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने निर्णय गरेको भिन्तुना क्लवका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।
यस्तै क्लवले नेपाल बैंकदेखि गिरीजाचोकसम्म अण्डरग्राउण्ड ढल योजना कार्यान्वयनका लागि उपभोक्ता अनुगमन समिति बनाउने र गिरीजाचोकदेखि नालामुखसम्मको ढल व्यवस्थापनको लागि वडाध्यक्षसहित मुख्यमन्त्री कार्यालय जाने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम भिन्तुना युवा क्लव र ‘वी फर अल’ संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा पोखरा महानगर वडा नम्वर ३ का अध्यक्ष रविन्द्र बहादुर प्रजु, वडा सदस्य रविन कायस्थ लगायत सो क्षेत्रका झण्डै ३० जनाको सहभागिता थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी एकताको लागि संस्थापन पक्ष गम्भिर नभएको…





