तस्बीरः एजेन्सी
हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसंख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो।
यस्तै, पूर्ण मात्रा खोप लगाउनेको संख्या भने १ करोड ६१ लाख ८४ हजार ८ सय ५८ रहेको छ। यो कूल लक्षित जनसंख्याको ८१.२ प्रतिशत हो।
साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७ सय ८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन्। १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको संख्या २३ लाख ११ हजार ९ संख्या ९८ (६७ प्रतिशत) रहेको छ।
मन्त्रालयका अनुसार यही चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कूल ३ करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ। जसमध्ये १ करोड ८६ लाख ९५ हजार ८ सय २६ पहिलो मात्रा, १ करोड ८६ लाख ९८ हजार ५ सय ९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५ सय २० मात्रा बुस्टर डोज प्रदान गरिएको हो।
नेपाल सरकारले भेरोसेल, कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ। केही मात्र अनुदान सहयोग तथा अरु केही खरिद गरेर सरकारले कूल ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा खोप प्राप्त गरेको थियो।
नेपालमा हाल ३ हजार ९ सय ९६ सक्रिय कोभिड संक्रमित छन्। कोभिड संक्रमण सुरु भएदेखि नेपालमा गरिएका कूल परीक्षणमा ११ लाख १८ हजार १ सय ८० जनालाई कोभिड पोजिटिभ देखिएको र यसमध्ये ९ लाख ६२ हजार १ सय ७३ जनाले कोभिडलाई पराजित गरेका छन्। यस संक्रमणबाट ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ।
नेपाल सरकारले २०७८ चैतसम्ममा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। ‘शतप्रतिशत खोप’को लक्ष्य पूरा गर्न अब ७ प्रतिशत जनसंख्यालाई मात्र खोप लगाउन बाँकी छ। १८ वर्षमुनिको उमेर समूहमा पनि पूर्ण मात्राको खोप पाउन अब ९ प्रतिशत जनसङख्या मात्र बाँकी छ ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी एकताको लागि संस्थापन पक्ष गम्भिर नभएको…





