नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज (सोमबार) बस्दैछ।
बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्ने एमाले प्रचार विभागले जनाएको छ।
समसामयिक राजनीतिक परिस्थिति र स्थानीय तह निर्वाचनको तयारीबारे बैठकमा छलफल हुने बताइएको छ।
पोलिटब्युरोमा १९ पदाधिकारी र २६ स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी एकताको लागि संस्थापन पक्ष गम्भिर नभएको…





