फाइल तस्बीर
नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई श्रृंखला अन्तर्गत आज (सोमबार) घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ।
खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ।
आज युएईलाई हराउँदै नेपाल श्रृंखलामा दोस्रो जित निकाल्न चाहन्छ। नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन्।
पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो। तर, दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित बनेको थियो।
यता, युएई श्रृंखलाको आफ्नो अन्तिम खेलमा तेस्रो जितको खोजीमा छ। पहिलो खेलमा युएईले पीएनजीलाई ७ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपाललाई हराएको युएई पीएनजीसँग तेस्रो खेलमा ६ विकेटले पराजित बनेको थियो।
यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्दी हो। नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलामा ५ पटक आमने–सामने भएका छन्। जसमा नेपालले २ पटक जित्दा यूएई ३ पटक विजयी बनेको छ।
सन् २०१९ मा नेपालले यूएईलाई पराजित गर्दै ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलामा जित्न सफल भएको थियो। ३ खेलको श्रृंखलामा पहिलो खेलमा पराजित बनेपनि नेपालले बाँकी २ खेलमा कमब्याक गर्दै ऐतिहासिक श्रृंखला जितेको थियो।
नेपाल १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंकका साथ छैटौं स्थानमा छ। १७ खेल खेलेको युएई ९ मा जित र ६ मा हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ।
यसअघिको खेलमा नेपाल खराब ब्याटिङको कारण पराजित भएको थियो। नेपाल युएईले दिएको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ३५.१ ओभरमा १ सय २० रनमा अल आउट बनेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी एकताको लागि संस्थापन पक्ष गम्भिर नभएको…





