यु–१८ महिला साफ: नेपाल र भारत भिड्दै


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०७८ मा प्रकाशित




भारतमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (सोमबार) घरेलु टोलीको सामना गर्दैछ ।

जमसेदपुरमा नेपालले बलियो टोली भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ।

भारतलाई आज हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ। तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन।

डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसीपको पहिलो भेटमा भारतले नेपाललाई ७–० ले हराएको थियो। भारत उक्त जितलाई निरन्तरता दिन चाहन्छ।

तीन राष्ट्र सहभागी च्याम्पियनसीपमा नेपालले अंक जोड्न सकेको छैन। २ खेलमा अंकविहीन नेपाल पुछारमा रहेको छ। पहिलो खेलमा भारतसँग पराजित नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको थियो।

भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ। बंगलादेश ३ अंक जोडेर दोस्रो स्थानमा छ। च्याम्पियनसीपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ। शीर्ष टोलीले उपाधि जित्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।