पोखरा, चैत ७
सेती नदी तिरभिर संरक्षण समूहले सेती नदी संरक्षणमा सघाउन नागरिक समाज पोखरालाई आग्रह गरेको छ । समूहले सोमबार नागरिक समाज पोखराकी अध्यक्ष ईन्द्रकमल मानन्धरलाई भेटेर सेतीनदी संरक्षणमा सघाउन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
समूहमा आबद्ध माथिल्लो सिद्धमार्ग टोल विकास संस्था, शान्तिवन टोल विकास संस्था, शान्तिवन रामघाट मजदुर समिति, नयाबजार क्लव, शान्तिदर्शन युवा क्लव, सिद्धमार्ग आमा समूह, शान्ति वन आमा समूह र सिद्धमार्ग टोल विकास संस्थाले सामुहिक रुपमा सेती नदी तिरभिर संरक्षण समूहमार्फत रामघाट परियोजनामा आफूहरुलाई पनि सहभागि गराउन माग गर्दै आएको छ ।
उक्त समूहले परियोजनामा आफूहरुलाई १० प्रतिशत सेयर लगानी दिन, स्थानियलाई रोजगारीमा प्राथमिकता, शवदाहको उचित व्यवस्थापन, शौचालय, प्रतिक्षालय, क्रियापुत्री भवन, स्नान घर निर्माणलगायत सुनिश्चित गर्न माग गरेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नागरिक समाज पोखराकी अध्यक्ष मानन्धरले तिरभिर संरक्षण समूहको माग जायज भएकाले आफू र आफ्नो संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको समूहका राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार मानन्धरले माग जायज भएपनि भौगोलिक, वातावरणीय दृष्टिले दुरगामी असर नगर्ने गरी काम गर्न सुझाव दिईन् । साथै उनले समाजको बैठकमार्फत माग सम्बोधन गर्न पहल गर्ने आश्वासनपनि दिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी एकताको लागि संस्थापन पक्ष गम्भिर नभएको…





