लमजुङ । लमजुङस्थित बेँसीशहर नगरपालिका–ं ७ मा सातौँ लमजुङ महोत्सव हुने भएको छ । स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः कोभिड–१९ पछिको व्यवसाय पुनःस्थापना भन्ने मूल नारासाथ यही २५ देखि वैशाख ४ गतेसम्म उक्त स्थानमा सो महोत्सव हुने भएको हो ।
आयोजक लमजुङ उद्योग वाणिज्य सङ्घले बेँसीशहरमा आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव हुनेबारे जानकारी गराएको हो । सङ्घका अध्यक्ष गुणराज सिलवालले जिल्लामा रहेका परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवद्र्धन गर्ने एवं स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ महोत्वस आयोजना गर्न लागेका बताए ।
उनका अनुसार महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, गण्डकी प्रदेशभित्र रहेका उद्योग तथा व्यावसायिक प्रतिष्ठानको विशेष प्रदर्शन, कृषि, पुष्प तथा जडीबुटी प्रदर्शनी, लोक दोहोरी गीत कार्यक्रम, फोटो तथा वृत्तचित्र प्रदर्शनी, जातीय एवं सांस्कृतिक सग्रहालय, नवप्रतिभा, स्थानीय एवं विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।
त्यस्तै आयोजकका अनुसार कोभिड १९ को प्रभावले सुस्ताएको जिल्लाको पर्यटन व्यवसायलाई पुनरुत्थान गरी टेवा पु¥याउने, जिल्लामा व्यावसायिक कृषि, पशुपालन र जुडीबुटी प्रवद्र्धन गरी निर्यातजन्य उत्पादनका लागि प्रोत्साहन गर्ने, स्थानीय उद्योग, व्यापार, हस्तकलाको प्रवद्र्धन गर्ने महोत्वसको उद्देश्य रहेको छ । महोत्सवमा २०० वटा स्टल राखिने छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







