साफ यु–१८ महिला च्याम्पियनसीप फुटबलमा नेपाल आयोजक भारतसँग पुनः पराजित भएको छ।
जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ ले निराश बनायो। भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक पूरा गर्दा हेमाम सिल्की देवी र अनिता कुमारीले १÷१ गोल गरे। नेपालका लागि सन्दीपा भोलानले १ गोल गरिन्।
हेमामले १६ औं मिनेटमा भारतलाई सुरुआती अग्रता दिलाइन्। लिन्डाले २३ औं मिनेटमा भारतको अग्रता दोब्बर बनाइन्। लिन्डाले ३८ औं मिनेटमा अर्को गोल थपिन्। ५६ औं मिनेटमा अनिता कुमारीले भारतका लागि चौथों गोल गरिन्। लिन्डाले ६२ औं मिनेटमा ह्याट्रिक पुरा गरिन्। नेपालकी सन्दीपा भोलानले ७९ औं मिनेटमा नेपालका लागि गोल गरिन्।
डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसीपको पहिलो खेलमा नेपाल ७–० ले पराजित भएको थियो। नेपालले अन्तिम खेल बंगलादेशविरुद्ध भोली (बुधबार) मार्च २३ मा खेल्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी एकताको लागि संस्थापन पक्ष गम्भिर नभएको…





